काठमाडाैं । पहिलो संस्करणको नेपाल कबड्डी लिगमा ६ वटा टोलीले सहभागिता जनाउने भएका छन् । अखिल नेपाल कबड्डी सङ्घका अनुसार लिगमा काठमाडाैंसहित ६ वटा टाेलीकाे सहभागिता रहने जनाएकाे छ ।
पोखरा, विराटनगर, जनकपुर, धनगढी र बुटवलबाट टोलीले प्रतिनिधित्व गर्ने सङ्घले जनाएकाे छ । यसै बिच नेपाल कबड्डी लिगको लोगो र ट्रफीसमेत सार्वजनिक गरिएको छ ।
माघमा हुने लिगको यकिन मिति भने घोषणा गरिएको छैन । लिगका लागि ७ वटा प्रदेशबाट ११० जना खेलाडी छनोट भएका छन् ।
यी खेलाडी ६ फ्रेन्चाइज टिमका लागि उपलब्ध हुनेछन् । कुनै समय नेपालको राष्ट्रिय खेल भनेर चिनिने कबड्डी लिग हुने भएसँगै फेरि चर्चामा आउन थालेको छ ।



