काठमाडाैं । नेकपा एमालेले हिजाे कार्यक्रम गरेर फाेहर गरेकाेभन्दै काठमाडाैं महानगरपालिकाले १ लाख रुपैयाँ जरिमाना गराएको छ ।
जागरण सभाका नाममा हिजो दरबारमार्गकाे सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले १ लाख रुपैयाँ जरिमाना गरिएको हाे ।
महानगरले जरिवाना गरएकाे पत्र एमालेलाई पठाइ सकेको छ । महानगर प्रहरी बलले पठाएको पत्रमा फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाडाैं महानगरपालिकाको आर्थिक ऐन २०८१ बमोजिम १ लाख रुपैयाँ जरिमाना गरिएको उल्लेख छ ।
महानगरले गराएकाे जरिवाना एमालेले तिर्छ वा तिर्दैन त्याे भने हेर्न बाँकी नै छ ।




