काठमाडाैं । आज देशका धेरै ठाउँमा मौसम बदली भएको छ । पश्चिमी वायुको प्रभाव रहेको तथा भारत उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्नचापीय प्रणालीका कारण बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यसैगरी राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।


