एजेन्सी । उक्रेनले पहिलाे पटक बेलायतले दिएको लामो दूरीको स्ट्रम स्याडो मिसाइल रुसीमा प्रहार गरेको छ । अमेरिकाले दिएको मिसाइल प्रहार गरेको दोस्रो दिनमै युक्रेनले हिजाे बेलायतले दिएको मिसाइल रुसमा आक्रमण गरेको हो ।
रुसी युद्ध संवाददाताले टेलिग्राममा पोष्ट गरेको भिडियो फुटेजअनुसार युक्रेनको सीमामा रहेको कुस्र्क क्षेत्रमा मिसाइल प्रहार भएको थियो । मिसाइल आवासीय क्षेत्रमा प्रहार गरे पनि क्षतिको विवरण प्राप्त हुन सकेको छैन ।
अमेरिकाले आफूले दिएको लामो दूरीको मिसाइल रुसी भागमा आक्रमण गर्न युक्रेनलाई अनुमति दिएपछि बेलायतले पनि अनुमति दिएको हाे । रुसले युक्रेनमा आक्रमण थालेको १ हजार दिनमा अस्ति युक्रेनले ६ वटा अमेरिकी मिसाइल रुसमा प्रहार गरेको थियो ।




















