एजेन्सी । भारतको पश्चिम बङ्गालको माल्दामा चट्याङ लागेर ११ जनाको ज्यान गएको छ । चट्याङ लागेर अरू धेरै मानिस घाइते भएका छन् ।
घाइतेहरूको अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चट्याङ लागेर ज्यान गुमाउने ११ जनामध्ये ३ नाबालिग र २ जना युवासमेत रहेका माल्दाका जिल्ला अधिकारी नितिन सिंघानियाले बताएका छन् ।
उनले पीडित परिवारलाई २ लाख रुपैयाँ क्षतिपूर्ति दिइने बताएको खबरमा उल्लेख छ ।


