रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–२ विजयश्वरीमा श्रीमतीले आफ्नै श्रीमानलाइ दाउराकाे चिर्पटले हानेर हत्या गरेकाे छ । प्रहरीले दिएकाे जानकारी अनुसार ३२ वर्षीया दीपा कुमालले ४० वर्षीय श्रीमान् मधु कुमालको हत्या गरेकाे हाे ।
आज बिहान दीपाले श्रीमानको टाउकोमा चिर्पटले प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ऋषि पाठकले जानकारी दिए ।
उनका अनुसार चिर्पटले टाउकोमा प्रहार गर्दा मधुकाे घटना स्थलमा नै ज्यान गएकाे थियाे । घटना लगत्तै उनका छोरा खिम कुमालले प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय चौरजहारीबाट गएको प्रहरीहरु टोलीले दिपालाइ नियन्त्रणमा लिइएको हाे ।
सामान्य घरायसी विवादमा श्रीमान्को हत्या गरेको प्रहरीकाे प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएकाे छ । प्रहरीले घटनाकाे अनुसन्धान सुरु गरेको जनाएको छ ।


