प्रतिकात्मक तस्बिर
पाेखरा । पाेखरा–आँबुखैरेनी सडक आजदेखी मंसिर २३ गतेसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएकाे छ । निर्माणाधीन उक्त सडकअन्तर्गत छिर्कने-देउराली सडकखण्ड दैनिक साढे चार घण्टा अवरुद्ध हुने भएको हाे ।
पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउराली सडकखण्ड २ चरणमा बन्द गरी निर्माणको काम गर्न लागिएको मुग्लिन पाेखरा सडक याेजना तनहुँले जनाएकाे छ ।
मुग्लिन पोखरा सडक योजना (पूर्वीखण्ड) अन्तर्गत छिर्कने खण्डको निर्माण कार्यलाई तीव्रता दिने उद्धेश्यले मङ्सिर ३ गते सोमवारदेखि २३ गतेसम्म २ चरणमा सडकखण्ड पूर्ण रूपमा बन्द गर्न लागिएको योजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताए ।

याेजना कार्यालयले सूचना जारी गर्दै यो अवधिमा राति ११ बजेदेखि बिहान १ बजेसम्म पूर्ण रूपमा बन्द गरी सडक निर्माण गरिने जनाएकाे छ । बिहान १ बजेदेखि १ः३० बजेसम्म सडक आवागमन खुल्ला गरिने र पुनःदोस्रो चरणमा बिहान १ः३० बजेदेखि ४ बजेसम्म सडक बन्द गरी निर्माणकार्य गरिने छ ।




















