काठमाडाैं । पूर्वसभामुख दमननाथ ढुंगानाको आज निधन भएको छ । ८३ वर्षीय ढुंगानाको उपचारका क्रममा दिउँसो २ बजे पुरानाे बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा निधन भएको हो ।
बिगत १ महिनादेखि उनको कलेजोको उपचार चलिरहेको थियो । वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख भएका थिए ।
उनलाई संविधानविद् तथा लोकतान्त्रिक राजनीतिका अभियन्ताका रूपमा चिनिन्छ । उनले २०४८ सालको आमचुनावमा काठमाडाैं क्षेत्र नम्बर २ बाट जितेपछि सभामुख भएका थिए ।
२०४६ सालमा प्रजातन्त्र पुन:र्स्थापनापछि बनेको संसदमा सभामुख बनेका ढुंगानाले पदको मर्यादा र गरिमाअनुसार काम गरेको चर्चा गरिन्छ ।ढुंगाना २०७४ सालको आमचुनावमा भक्तपुर क्षेत्र नम्बर २ बाट कांग्रेसको उम्मेदवार भएर पराजित भएका थिए ।


