एजेन्सी । भारतकाे उत्तर प्रदेशकाे झाँसीमा रहेको महारानी लक्ष्मीबाई मेडिकल कलेजमा आगलागी हुँदा १० जना नवजात शिशुको ज्यान गएको छ । साेही घटनामा परी अन्य १६ जना घाइते भएका छन् ।
अस्पतालको नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) मा आगो लागेको थियो । झाँसी जिल्लाका मजिस्ट्रेट अविनाश कुमारले १० जना नवजात शिशुको ज्यान गएको पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ । गएराति १०:३० बजेतिर एनआईसीयू भित्रको युनिटमा आगो लागेको थियो ।
आगाे विद्युत सर्ट भएर लागेको अनुमान गरीएकाे छ । दमकलसहितको टोली समयमै आइपुगेकाले धेरै बालबालिकालाई सुरक्षित उद्धार गरिएको अस्पतालले जनाएको छ । घटनाको छानबिनको लागि आयुक्त र डीआईजीको सुपरिवेक्षणमा तत्कालै छानबिन समिति गठन गरिएको खबरमा उल्लेख छ ।
यूपीका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको बारेमा दुख व्यक्त गरेका छन् ।


