फाइल फाेटाे
पाेखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले रुपन्देहीबाट आज पोखरा ल्याईएकाे छ । सहकारी ठगी आरोपमा पक्राउ परेका उनलाई मङ्गलवार बयानका लागि पोखराबाट रुपन्देही लगिएको थियाे ।
रुपन्देहीमा बयान सकिएपछि आज (शुक्रबार) फेरि पोखरा ल्याइएकाे कास्की प्रहरीले जनाएको छ । लामिछानेकाे रुपन्देहीमा बिहीबार बेलुका ८ बजे बयान सकिएको थियो । उनीसँग रुपन्देही प्रहरीले ३ दिनमा करिब २४ घन्टा बयान लिइएको थियाे ।
पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा कात्तिक २ गते पक्राउ परेका लामिछाने बुटवलको सुप्रिम सहकारीको रकम हिनामिनामा पनि संलग्न रहेको देखिएपछि प्रहरीले अनुसन्धानका लागि बयान लिन रुपन्देही लगेको हाे ।
सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रुपैयाँ लामिछानेकै नाममा र १४ करोड २९ लाख रूपैयाँ उनी प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा विभिन्न व्यक्तिमार्फत पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।




















