प्रतिकात्मक तस्बिर
दार्जुला । आज बिहान दार्चुलाको शैल्यशिखर नगरपालिका- ६ को बकजेबलामा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेकाे संख्या ८ पुगेको छ । घटनास्थलमा ६ जना र उपचारकाे लागि अस्पताल पुगाइएका थप २ जनाको पनि ज्यान गएसंगै ८ जनाकाे ज्यान गएको दार्जुला प्रहरीले जनाएको छ ।
ज्यान गुमाउने सबै मृतकको सनाखत छ । ज्यान गुमाउने मध्ये २ जना भारतीय नागरिक, २ जना बैतडीको डिलासैनी गाउँपालिका र अन्य ४ जना शैल्यशिखर नगरपालिकाकाे भएकाे जिल्ला प्रहरी कार्यालय दार्जुलाका प्रहरी नायब उपरिक्षक प्रकाश दाहालले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा ४५ वर्षीय मोहम्द सफीर, १८ वर्षीय मोहम्द बसिर, शैल्यशिखर नगरपालिका- ९ नकतड का ४५ वर्षीय दिलिप विष्ट, ३० वर्षीय वीरेन्द्र रावल, उनकी श्रीमती २८ शान्ति रावल, शैल्यशिखर-५ बस्ने ४० वर्षीया मिना लेखकको ज्यान गएको हाे ।
बैतडीको डिलासैनी गाउँपालिका-५ नगराउँका १५ वर्षीय सुदिप बोहरा र ५० वर्षीय वीरेन्द्र बोहराको पनि ज्यान गएको उनले बताए । दुर्घटनामा जिप चालक मालिकार्जुन गाउँपालिका-८ पस्तीका ३० वर्षीय सुनिल जोशीसहितका ५ जना घाइते छन् ।
म १ ज ३३८ नम्बरको जिप मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा दुर्घटनामा परेको थियो ।


