दार्चुला । दार्चुलामा फेरी अर्काे जिप दुर्घटना भएकाे छ । जात्रा हेरेर फर्किएका दर्शनार्थी चढेको जीप दुर्घटना हुँदा ७ जनाले ज्यान गुमाएका छन् ।
शैल्यशिखर नगरपालिका–६ को बकजेबलामा आज (शुक्रबार) बिहान ४ बजे म. १ ज ३३८ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले पुष्टी गरेकाे हाे ।
प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार ज्यान गुमाउनेहरुमा दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल र २८ वर्षीया शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा र भारतको उत्तर प्रदेश विजनौरका ४५ वर्षीय मोहमद सफिर र १८ वर्षीय मोहमद बसिम रहेका छन् ।
ज्यान गुमाएका मघ्ये १ जनाको पहिचान हुन नसकेको पनि उनले जानकारी दिए । घाइते ६ जनालाई उपचारका लागि गोकुलेश्वर अस्पताल भर्ना गरीएकाे छ ।
मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी चढेको जीप दुर्घटना भएको प्रहरीले जनाएकाे छ ।


