भैरहवा । भैरहवा क्षेत्रको मौसम अनुकुल नहुदा बैंककबाट आएको थाई एअर एशियाको जहाज अवतरण हुन सकेको छैन ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुपर्ने उक्त बिमानले अहिलेसम्म आकाशमा १० फन्काे लगाइ सकेकाे छ ।
बिहानैदेखि बाक्लाे हुस्सु लागेका कारण बाह्य तथा आन्तरिक उडानहरु प्रभावित भएका छन् ।
बिहानैदेखि लागेको हुस्सु हट्दै गएको जहाज केहीबेरमा अवतरण हुने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए ।




