गोरखा । के तपाइलाई थाहा छ कि हवाई जवाज किन हिमाल र प्रशांत महासागर भएर उडदैनन ? आउनुहोस हामी तपाइलाइ रोचक जानकारी दिने छौ ।
हवाई जहाज खुल्ला आकास अवश्य उड्छन र त्यो पनि हवाई रुट भएर मात्र । पायलटले विमानलाई आफुखुशी बिना हवाई रुट भएर सञ्चालन गर्न सक्दैनन । उसलाई दिएको रुट बाहेक उन एक धर्को पनि दायाँ बायाँ गरेर हिड्दैन ।
सामाजिक सञ्जालमा धेरै मानिसहरुले जिज्ञासा राख्छन् र धेरै आफुखुशी उत्तर पनि दिएका हुन्छन । यस्तै सामाजिक सञ्जालमा हवाई जहाज किन सगरमाथा र प्रसान्त महासागर भएर उड्दैन भनेर प्रश्न सोधिएको थियो । आखिर के कारण हो त सगरमाथा र प्रसान्त महासागर भएर हवाई जहाज नउडनु को कारण ?
३० हजार फीटको ऊंचाईमा उड्छ हवाई जहाज
यस्तो मान्यता रही आएको छ की, बिमान प्राय समथर भू–भाग भएको स्थान माथीबाट मात्र उडने गर्दछ । विमान आवश्यकता अनुसार पहाडी क्षेत्र र समुन्द्री माथीको बाटो पनि प्रयोग गर्दछ । विमानले उडान गर्दा लगभग ३० हजार फिटको बाटो प्रयोग गर्दछ । यस्तो यस कारण हुन्छ की, अचानक मौसममा परिवर्तन आएको खण्डमा त्यसको सामना गर्न सकोस ।
हिमाल माथीबाट किन उड्दैन त ?
हिमालको उचाई अक्सर २० हजार फिटभन्दा बढी हुन्छन् । यस्तोमा हिमाल माथीबाट बिमान उडाउनु खतरा पूर्ण हुन्छ । यसका साथै यहाँ हावा गती पनि तिब्र हुने गर्दछ । यसले गर्दा बिमानको उडानमा असन्तुलन हुने गर्दछ । त्यस बाहेक पनि हिमालमा अक्सिजनको कमी हुने हुदा बिमानमा सवार यात्रुहरुलाई समस्या हुने गर्दछ । त्यसैले पनि बिमानलाई छुटाएको रुटबाट मात्र उड्ने गर्दछ ।
प्रसान्त महासागरबाट किन उडदैन त ?
बिमान अक्सर समस्या नआउने क्षेत्रबाट मात्र उडान भर्ने गर्दछ । त्यस बाहेक पनि समस्या आएको खण्डमा सुरक्षीत रुपमा चाढो अवतरण गर्न सक्ने क्षेत्रको पहिचान गरेर मात्र उडान भर्ने गर्दछ । प्रसान्त महासागर र हिमालमाथी नेविगेशन राडारको संकेत शुन्य बरावर हुने गर्दछ । यस्तो हुदा बिमानको सम्र्पक विच्छेद भएर गलत बाटो प्रयोगले क्षती ब्यर्होनु पर्ने भएका कारण यस्ता क्षेत्र भएर बिमान उडाउने नगरीएको हो ।



