फाईल तस्बिर
काठमाडाैं । त्रिभुवन राजपथको धादिङ धुनिवेशी क्षेत्र अन्तर्गत सिस्ने खोला सडक आजदेखि एक हप्ताका लागि आंशिक बन्द हुने भएको छ ।
नागढुङ्गा सुरुङमार्गको सिस्ने खोला क्षेत्रमा स्लोप कटिङ कार्य गर्नुपर्ने भएकाले आजदेखि आउने मङ्सिर ५ गतेसम्म दुईतर्फी सडक आशिंक रूपमा बन्द हुन लागेको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । सडक बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बन्द हुने छ ।
यो अवधिमा हरेक दिन सडकखण्ड २० मिनेट बन्द र २० मिनेट खुला हुने प्रशासनले जारी गरेकाे सूचनामा भनिएकाे छ । याे अवधिमा एम्बुलेन्स र सुरक्षा निकायबाहेकका गाडीलाई भने राेक लगाइएकाे छैन ।


