पोखरा । नेपाली काँग्रेस गण्डकीकी प्रदेशका सांसद विमला गौचनको निधन भएको छ । डेंगु लागेर राजधानीकाे ग्राण्डी हस्पिटलमा उपचाररत रहेकी गाैचनकाे मघ्यराती १२ बजे निधन भएकाे हाे ।
हृदयघातका कारण उनको निधन भएको प्रदेश सांसद तथा पूर्व मन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिइन् ।
म्याग्दीकी गौचन कांग्रेसका तर्फबाट समानुपातिक सांसद हुन् ।


