धादिङ । गणेश हिमालको आधार शिविर नजिक सकारी कर्मचारीसहितको टोली फसेको जानकारी प्राप्त भएकाे छ । टोलीमा रहेका केही बिरामी समेत परेका छन् ।
टोलीमा समावेश भएका मघ्य केही बुधबार साँझ सम्पर्क हुने ठाउँमा आइपुगेको अन्य फसेका धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले बताए ।
बिरामी परेका र फसेकाहरूलाई हिजो नै नेपाली सेनाको हेलिकप्टर गएकाे भएता पनि मौसम खराब भएपछि फर्किएको थियाे । उद्धारका लागि हेलिकप्टर आज बिहान फेरि जान लागेकाे र मौसम अनुकुल भएमा उद्धार हुने उनले जानकारी दिए ।
टोलीमा रहेका डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णुप्रसाद आचार्य र रेञ्जर अनुसुया ढुङ्गाना बिरामी परेकाे छ । पर्या–पर्यटन प्रवर्द्धनको उद्देश्यले धादिङको रुविभ्याली गाउँपालिका, डिभिजन वन कार्यालय र पत्रकारको टोली केही दिनदेखि यात्रामा गएका थिए ।
सञ्चार सम्पर्क पनि हुन नसक्दा समस्या भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।


