तिलक पाैडेल
हिन्दूमात्रका महान् चाडहरू मध्ये विजया दशमी पछिको दोस्रो टूलो चाडका रूपमा तिहारलाई मानिन्छ । घटस्थापनादेखि कोजाग्रत
पूर्णीमासम्मका १५ दिनलाई दसैँ भने जस्तै कार्तिक कृष्ण त्रयोदशी अर्थात् धनतरेशरधन्वन्तरी जयन्तीरयमदीपदानरकागतिहारदेखि शुक्ल द्वितीया अर्थात् भाइटीकासम्माका ५ दिनलाई तिहार अथवा दीपावलीका रूपमा मनाइने गरिन्छ । केटाकेटी दिनमा दसैँ लागेपछि १५ दिनको र तिहारका बेलामा ५ दिनको बिदा सनातनी शनिबारे प्रकृतिका बिदा बाहेकका धेरैबिदा पाइने चाडहरू थिए । यो मानेमा पनि यी चाडहरूलाई महान् चाडका रूपमा स्वीकारिनु तर्कसङ्गतै लाग्दछ । हामीलाई भने स्कुल जान नपर्नु र घरमा नयाँ रमझम र इष्टमित्रहरूसँगको नवपरिचय (जान्नेरबुझ्ने भएपछि) ले छुट्टैरमाइलो महसुस हुन्थ्यो ।
हुनपनि अचेल कृष्ण त्रयोदशीलाई धनतरेशका रूपमा कुचो, कुनै नयाँ वर्तन खरिद गर्न उपयुक्त हुनेसम्मको परिभाषामा समेटेपनि साविकमा यो दिनलाई मूलतस् कागतिहारका रूपमा मनाइन्थ्यो । सो क्रममा आमाले घरमा पकाइएका पकवानहरू सबै एउटा कडुजको राम्रोरठूलो टपरीमा मिलाएर राखी छेउमा गुर्दौली फूलको थुँगासहित हामीलाई खान दिनुभन्दा पहिले तुलसीको मठको छेउनेरको ठूलो ढुङ्गाको खाँबोमाथि राखिएको नाङ्लो जत्रो ढुङ्गाकै छपनी – जहाँ दिनहुँ बिहान हजुरामाले आफ्नो नित्यकर्म पछि चराहरूलाई चारो राखेर मात्र आफूले खाने गर्नु हुन्थ्यो, मा लगेर लौ कागराजा ! आज तिम्रो तिहारको दिन हाम्रो भान्सामा पकेका सबै कुराहरू टक्र्याएकी छुस आऊस खाऊ र सदा सुसमाचार ल्याउने, सुनाउने गर्नु… भन्दै राखिदिनु हुन्थ्यो । हामी दाजूबैनीहरू रमाइलो मान्दै काग आएर का..का.. गर्दै खाएको खबर आमालाई सुनाउँथ्यौँ ।
तिहारको दोस्रो दिन ! कृष्ण चतुर्दशीलाई नरक चतुर्दशीका रूपमा लिइन्थ्यो । आमा, दिदीबैनीले नर्के नुहाएर आई एउटा बटुकोमा तोरीको तेल हालेर दुवाका मुन्टाहरूको गुजुल्टोले दैलोढेलाहरूमा, खाँबाहरूमा, झ्यालढोका र पल्लाहरूमा तेलका धाराहरू लगाउनु हुन्थ्यो । किन यसो गरेकोुनि आमा भन्दा यमराजलाई उसकी बैनी जमुनाले यी तेलका धारा नसुकुञ्जेल मेरा दाजूलाई मार्नरलान पाउने छैनौँ भनेकीले त्यही सम्झनामा हामीले पनि यी तेलका धारा नसुकुञ्जेल र मखमली फूलको माला नओइलाउञ्जेल यमराज घरभित्र पस्न नपावोस् भनी तेलका धारा लगाउनुपर्छ, अनि दाजूभाइ-दिदीबैनीहरूले मखमली फुलको माला लगाउनुपर्छ भनी तिमेर्की हजुरामाले भन्नुहुन्थ्यो क्यारे ! मैले सबै कुरा त जान्दिन, आमैको त्यही बिँडो धानेकी मात्र हुँ।।। भनी हामीलाई परम्परागत धरोहरको श्रुतिहस्तान्तरण गर्नु हुन्थ्यो । पछिसम्म झ्यालरढोकाका सङ्घारमा माटोले लिपे पनि तेलका धाराको रछायाँ देख्दा तिहारको सम्झना ताजै हुन्थ्यो । त्यसपछि खाना पकाई घरमा पालिएको काले कुकुरलाई थुँगेफूलको सानो माला बनाई टीका लगाइदिएर खान दिनु हुन्थ्यो र लौ हाम्रो घरको मुख्य पहरेदार भएकै छस्, अझ राम्रो पहरा दिनु, आज तिमेर्को तिहारको प्रसाद खाइकन तिमीलाई कुनै रोग व्याधि नलावोस्… भन्नुहुन्थ्यो । कालेले पनि कुइँ-कुइँ गरी समर्थन जनाएझैँ गरी माला झुण्ड्याउँदै खाना खान्थ्यो । बुवाले घाँसको भारी बिसाई आमालाई आज त कुकुर त्याहोर हो नि ! कालेलाई पूज्यौ ? भनेर प्रसङ्ग स्मरण्याउनु हुन्थ्यो ।
तिहारको तेस्रो दिन औँसी, गौपूजा अर्थात् गाई तिहारका रूपमा मनाइन्थ्यो । आमाले निशीवार्ने (बेलुका भात नखाने) भन्दै बिहानै चामल भिजाएर अरू कामहरू गर्नुहुन्थ्यो । चामल राम्ररी भिजेपछि लोह्रो-सिलौटोलाई राम्रोसँग सफा गरी पिस्नु हुन्थ्यो । मसिनु हुँदै जाँदा पिठोले सिलौटालाई छाडी लोह्रोमा लोकता परेको दृश्य हेरिरहुँ जस्तो लाग्दथ्यो । आमाले त्यही पीठाका केही जेउरे रोटी (सेलरोटी) पकाउनु हुन्थ्यो भने अलिकति रयालेर दयो बनाई सानो ठेकीको बिर्को सफा गरी त्यसैमा डुवाउनु हुन्थ्यो । हामीलाई लौ अब तिमेरू तोरनका लागि फूल टिपेर ल्याओ, फेरि लालुपाते टिप्दा लोटौला नि ! कच्चा हुन्छन् लाल्पातेका बुटाहरू !… भन्दै मातृस्नेह प्रकट गर्नुहुन्थ्यो र आफूले अघिनै भिजाइराकेको बावियो निकालेर पिर्के गुन्द्रीमुनि राखेर आफू त्यही गुन्द्रीमा बसी हत्यौरी बाट्न थाल्नु हुन्थ्यो । दुईटा हत्केलामा बावियोलाई मिलाएर राखी सरक्स-रक् पार्दा तलतिर डोरीरहत्यौरी बन्दै गएको दृश्यले यस्तो कसरी हुँदोहो ? जस्तो लाग्दथ्यो । हात जति लामो भएपछि घुँडामा बेर्दै तोरणका लागि डहरको दुई छेउसम्म पुग्ने गरी लामो एउटा हत्यौरी तयार पार्नु हुन्थ्यो भने अरू गाई, बाच्छाहरूको सङ्ख्या बराबरका गलामा पुग्ने हिसाबका छोटा-छोटा डोरी तयार पारिएका हुन्थे । हामीले फूल खोजेर ल्याएर आँगनमा ओच्छ्याइएको चोखो गुन्द्रीमा जम्मा पार्दथ्यौँ ।
अनि आमाले पहिला आफूले हत्यौरीका पयालाई उल्टो बटारेर फूललाई छिराई ४ र ६ अङ्गुलका दुरीमा फरक-फरक फूलहरू उनेर तोरण तयार पार्न अर्थ्याउनु हुन्थ्यो । माला र तोरणका लागि हत्यौरी तयार पारेपछि बँचेको बावियोबाट सानो कुचो बनाएर तोरणको माझमा फूल जस्तै झुण्ड्याइदिनु हुन्थ्यो । तोरण कम्तीमा पनि तगारो नजिकको पैयुँको बुटाबाट डहरपारिको खिर्राको बुटासम्म पुग्ने हुन्थ्यो । त्यसपछि हामीले सबै गाईगोरु, भैँसीहरूलाई पनि छोटा-छोटा हत्यौरीमा तोरनमा जस्तै फूल उनेर माला बनाउँथ्यौँ । कामको सिलसिलामा भोक लागेको पत्तै हुँदैनथ्यो ।
बुवा आउनु भएपछि आमा समेत माला, तोरणहरू राखिएको डाली, नैबेद्यका रूपमा सेल रोटीहरू, पञ्चपालामा जौ-तिल-कुश, अक्षता अनि चेउटे (डबके) कचौरामा रयालिएको पिठोमा ठेकीको बिर्को, अम्खरामा पानी सबै लिएर गोठतिर लाग्नुहुँदा हामीहरू पनि पछि-पछि लाग्दथ्यौँ । संयोग कोरलीले गहुँत्याउँदा बुवाले अम्खरा थापी लक्षिमीले रख्या गरुन् भन्दै जौ-तिल-कुश मिसाई दुवो र फूल चोभेर सबै गोठतिर, घर-आँगन, हामीहरूलाई समेत अपवित्रो पवित्रो वा… भन्दै अभिषेक गरिदिनु हुन्थ्यो । अनि सबै पूजा सामग्रीहरूले तोरण र माला राखिएको डालीमा पूजा गरी रयालेको पिठोमा ठेकीको बिर्को चोभ्दै गाईवस्तुहरूका निधारमा, पिठ्युँमा पीठाको टीका लगाइदिनु हुन्थ्यो । त्यो टीका जति सुक्दै गयो, उति सेतो प्रष्ट हुँदै जाँदा गोठका वस्तुभाउ नौला मात्रै हैन, गोठै उज्ज्यालो भएझैँ लाग्दथ्यो । तर तारे गोरुको निधारमा भने लाएरनलाएको मेसै हुँदैनथ्यो । त्यसपछि सबैका गलामा तोरणेमाला लगाइदिनुहुन्थ्यो । अनि मालीगाईलाई दिनहुँ दुहुँदा जस्तै निहिनु बाँधी उसको पुच्छरलाई अम्खराको पवित्र जलमा चोभेर हामी सबैलाई छर्केर अभिषेक गर्दिनु हुन्थ्यो । यसरी लक्ष्मीरूपी गाईको पूजा सकिएपछि रोटीहरू भाँचेर नैवेद्यका रूपमा खुवाउँदै हामीलाई पनि टीका लगाई नैवेद्य खान दिनुहुन्थ्यो । त्यसपछि तोरणलाई डहर वारपार हुने गरी छिमेकीहरूको समेत सहयोगमा कतै तोरणहरू गाँसेर टाँगेपछि गाई तिहाररलक्ष्मी पूजाको विहानी काम सम्पन्न गरी सबैले मीठो खाना खान्थ्यौँ ।
दिउँसोभरि वल्तिर-पल्तिरका आमा (सहेली) हरू मिलेर ढिकीमा पिठो कुट्ने, रोटीहरू हाल्ने गरेर बिताउनु हुन्थ्यो । साँझखेरि तामा र माटाका पालाहरूमा दियो बाली पिँढीमा, झ्याल-ढोकामा, बारदलीमा राखिन्थ्यो । आमाले पालामा दियो बाली जिम गए, जिम गए भन्दै यो यो ठाउँमा लगेर राखिदेऊु भनेर हाम्रो जिम्मा दिँदा आफूलाई त्यो ननिभाईरनबुर्ताई सम्बन्धित ठाउँसम्म पुर्याउँदा गरिएको सतर्कता जीवनका हरेक मोडमा वरद्ने हो भने कति राम्रो प्रगति गर्न सकिँदो हो जस्तो लाग्दछ । त्यसपछि जताततै रोटीका डालीहरू, रोटीको मात्र सुगन्ध ! त्यसैले त्यसदिन थाकेका हुन्छौ, भात नपकाई सबैले रोटी खाएर सुत भनी निशि बार्ने भनिएको होला जस्तो लाग्दछ । सबैले बोडी आलुका बिरम्ला (सुख्खा तरकारी), दूध र रोटीहरू (अर्सा, अनरसा, जेउरे, ठिकसा…) खाएर हामी केटाकेटीहरू, दसैँमा हालेको पिङ् फालिएको हुँदैनथ्यो, खेल्न जान्थ्यौँ ।
एक वर्ष जनप्रदीप हाइस्कुलका नाउँमा सहयोग जुटाउने हिसाबले शिक्षक-विद्यार्थीहरू मिलेर देउसी-भैलो खेल्न आउनु भयो । लालटिन बालेर, सबैले हातमा लट्ठीरघोचाहरू लिएर घर-घरमा देउसीरे खेलेको दृश्य जीवनको पहिलो घटना थियो । भट्याउँदै, गाउँदै, नाच्दै गरेका दृश्यले हाम्रो बालमस्तिष्कमा पनि त्यस्तै गर्न रहर पल्हायो । परिणाम समकक्षी साथीहरू मिलेर भोलिपल्ट हामी पनि हात-हातमा कट्कुराका दाउराका लौरी सुहाउँदा घोची लिएर देउसी खेल्न गाउँका घर-घर चाहर्यौँ । कार्यक्रम सकिएपछि घर फर्कने क्रममा सुकेका नियालाको छड्के काटिएको लट्ठी हातमा लिएको म भावनात्मक रूपमा भट्याउने भावमा उफ्रँदा दायाँ आँखीभौँमा ठोकिएर काट्यो, जुन खत अहिलेसम्म त्यो बेलाको सम्झना स्वरूप कायमै छ ।
तिहारको चौथो दिन गोवर्द्धन पूजा अथवा गोरू तिहार हो । त्यसैदिन नेपाल सम्बत्को नयाँ वर्षारम्भ, म्हपूजा पनि पर्दछ । गोठको धन्दा सकाएपछि ठूलो डवके कचौरामा चिया पिएर आफू घाँस काट्न जाँदा हामीलाई थुँगेफूलहरू टिप्न र आमालाई पूजा थाली तयार पार्न भनी छाड्नु हुन्थ्यो । हामीले पनि ढकियाभरि फूल टिपेर राख्दथ्यौँ । बुवा आएर हातपाउ धोई, धोती फेरेर पूजा सामग्रीसहित गोठ जानु हुन्थ्यो र बिहानै गाई दुहुँदा गोब्र्याएको गोबरको थाप्रोबाट गोठका पाँच खाँबाहरूमध्ये बीचको खाँवाको आडमा गोबर्द्धन पर्वतको प्रतीक बनाई थुँगेफूलहरू गोबरको थुप्रोरगोवर्द्धन पर्वतमा गाडेर हेरौँ-हेरौँ जस्तो राम्रो बनाउनु हुन्थ्यो । तारे गोरुले त्यतै फर्केर व्यहोरा नियालिरहेझैँ लाग्दथ्यो । बुवाले फूल, अक्षता, धूप-दीप, नैवेद्य चढाई गोवर्द्धनरगोरु पूजा गर्नु हुन्थ्यो । पूजा सकिएपछि एकुण्टा जेउरे रोटी तीखे र तारे गोरुलाई खुवाएपछि लौ हिँड ! अब घर गएर टीका लगाई प्रसाद खाने, अनि खाना खाने …! भन्दै आफू अघि-अघि हिँड्नु हुन्थ्यो, हामी वहाँलाई पछ्याउँथ्यौँ । यसैगरी मुलुकमा पनि नेतागणले राम्रो परम्परा, रीतिस्थितिको पालना गरी अघि बढ्ने र जनता जनार्दनले पछ्याउने हो भने कति उत्तम हुँदो होला जस्तो लाग्दछ ।
यसरी चौथो दिन बितेपछि तिहारको मुख्य मानिने दिन शुक्ल द्वितीया-भाइटीकाको दिन, झुल्किन्थ्यो । त्यसदिन आमा, दिदी-बैनीले फलाम छुन नहुने हुँदा तरकारी काटिदिने, माला उनिदिने जस्ता फलामे औजार प्रयोग हुने कामहरूमा बिहान बित्दथ्यो । अलि ठूलो भएपछि त बुवासँग घाँस काट्न पनि जानुपर्थ्यो । प्रायस् भाइटीकाको साइत १० बजेपछि हुने हुँदा सबै तयारी सकेर आँगनमा ताराभोटे काम्लो ओच्छ्याएर पछाडि सोफा कुर्चीहरू मिलाएर राखिन्थ्यो । मडुवा कोटमा बाजा बजाउँदै टीकाको शुभसाइत स्वरूप बन्दुक पड्काएपछि बुवाको आदेशानुसार भाइटीका द्दण्छठु शीर्षकको संस्मरणात्मक लेख अनुरूप टीका लगाउने, तास-जुवा खेल्ने, पिङ् खेल्ने गरी तिहार मनाइन्थ्यो ।
…सके सपारौँ, नसके नबिगारौँ…
३हामीसबैकोकल्याणहवोस्३
२०८१ कार्तिक १५ गते बिहीबार
कीर्तिपुर-२, अमृतनगर, काठमाडौँ ।




















