प्रतिकात्मक तस्बिर
सुर्खेत । देउती बज्यै मन्दिर परिसरमा पुजारी मृत भेटिएकी छिन् । सुर्खेतको चर्चिच धार्मिक शक्तिपीठमा बुधबार बिहान मुख्य मन्दिरको पूर्वी ढोकामा सरस्वती राजी मृत अस्थामा भेटिएकी जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
कार्यालयका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माका अनुसार राजीको शव सलमा झुण्डिएको अवस्थामा भेटिएको हाे ।
प्रहरीले घटनास्थलबाट कानूनी प्रकृया पुरा गरेर उनकाे शवलाइ पोस्टमार्टमको लागि प्रदेश अस्पताल पठाउने तयारी गरेको छ ।
आजदेखी मन्दिरको पूजापाठ समेत बन्द गरिएको छ ।


