काठमाडाैं । देशका अधिकाशं स्थानमा आज मौसम सफा छ । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेकाले आज पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली तथा बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान गरिएकाे छ ।
तर उच्च पहाडी तथा हिमाली क्षेत्रकाे केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


