प्रतिकात्मक तस्बिर
बैतडी । डिलासैनी गाउँपालिका–२ छेपट्टा डुङरीमा देउरानीको हत्या गरेको आरोपमा प्रहरीले जेठानीलाइ पक्राउ गरेको छ ।
प्रहरी २३ वर्षीया सुनिता बोहराको हत्या गरेको आरोपमा उनकै जेठानी ३० वर्षीया दीपा बोहरालाई पक्राउ गरेको हो ।
सामान्य घरायसी विवादमा दीपाले दाउराको चिरपट प्रहार गर्दा सुनिताको घटनास्थलमै ज्यान गएको बैतडी प्रहरीले जनाएको छ । घटना लगत्तै प्रहरी चौकी सिमारबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।




















