फाईल तस्बिर
पाेखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई रुपन्देही लगिँएकाे छ । बयानका लागि आज लामिछानेलाई पोखराबाट हवाई उडानमार्फत बुटवल लगिएको हो ।
लामिछानेलाई आजै नै बयान सकेर पुन: पोखरा फर्काउने तयारी प्रहरीले गरेकाे छ । रुपन्देही जिल्ला अदालतले बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा लगेर खर्च गरेको कसूरमा अनुसन्धान गर्न लामिछाने, जीबी राईसहित १२ जनालाई पक्राउ गर्न गएको कात्तिक ८ गते अनुमति दिएको थियो ।
सहकारी ठगी र सङ्गठित अपराध कसूरमा गएको २ गते पक्राउ परेका लामिछाने कास्की प्रहरीको हिरासत छन् । उनलाई थप १३ दिन हिरासतमा राख्न अस्ति जिल्ला अदालत कास्कीले अनुमति दिएको थियो ।
रास्वपाका कार्यकर्ताले बुटवलमा प्रदर्शन गर्न देशैभरबाट मानिसहरु जम्मा पारेका छन् । बुटवलको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी जानकारी दिएकाे छ ।


