गाेरखा । हरिबाेधनी एकादशीलाई विशेष रुपमा मनाउन आँबुखैरेनी गाउँपालिकाले आज स्थानिय बिदा दिएकाे छ । पालिकाले सूचना जारी गर्दै आज मंगलबार १ दिन पालिका भित्र सार्वजनिक बिदा दिएकाे हाे ।
पालिका भित्र पर्ने आँधीमुल र गाेरखा तथा तनहुँ जाेडने मर्यास्ङदी नदीमा श्रद्धालु भक्तजनहरुले बिशेष पूजा गर्ने भएका कारण पालिकाले आज स्थानिय बिदा दिएकाे हाे ।
ति दुवै स्थानमा आज बिहानैदेखी भक्तजनहरुकाे भिड लागेकाे छ । उनीहरुले दुवै स्थानमा बिशेष पूजाका साथै मेला भर्ने प्रचलन केही बर्ष अगाडीदेखी चल्दै आएकाे छ ।
आँधीमुललाई हिजैदेखी बिषेश रुपमा सजाइएकाे छ ।




