प्रतिकात्मक तस्बिर
बाग्लुङ । बाग्लुङको जैमिनी नगरपालिकाकाे ढुङ्गाखानी नजिक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । साेही दुर्घटनामा परी अन्य १ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएकाे छ ।
जैमिनी नगरपालिका–८ छिस्तीबाट बाग्लुङबजारतर्फ गुडिरहेको ग. २ च ९२४७ नम्बरको जीप छिस्ती र जैदीको सिमाना ढुङ्गाखानी नजिक दुर्घटना भएको प्रहरी निरिक्षक एवं सूचना अधिकारी केशव थापा बताए ।
उनका अनुसार दुर्घटनामा जैमिनी नगरपालिका-८ केवई गाउँका जीप चालक महेन्द्र पुन, त्यसैगरी रश्मी श्रीष, नन्दकली पुन, निरज श्रीष र कुलबहादुर श्रीषको ज्यान गएको छ । घाइते गंगाबहादुर पुनको उपचार भइरहेको छ ।
ज्यान गुमाएने सबै एकै गाउँका हुन् ।




















