कालीकाेट । कालीकोटको पलाँता गाउँपालिकामा आज भएकाे जीप दुर्घटना परी ६ जनाले ज्यान गुमाएकाा छन् । पलाँता गाउँपालिका–३ राडुनेटामा जीप दुर्घटना हुँदा ६ जनाकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय कालीकोटले पुष्टी गरेकाे हाे ।
साेही दुर्घटनामा परी अन्य १३ जना घाईते भएका छन् । घाईते सबैलाइ नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ ।
आज दिउँसो पलाँता–५ खिनादेखि पलाँता–९ थिर्कुतर्फ गुडिरहेको क १ ञ ५६ नम्बरकाे जीप २:३० बजे दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ ।
घटनाको विस्तृत विवरण र ज्यान गुमाउने तथा घाईतेकाे पूर्ण विवरण भने आउनै बाँकी छ ।
तस्बिर सामाजिक सञ्जाल




















