प्रतिकात्मक तस्बिर
गोरखा । वैदेशिक रोजगारमा दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा धादिङ गंगाजमुना गाउँपालिका–४ घर भई काठमाडौं तार्केश्वर नगरपालिका–१० मनमैजु हिलेटोल बस्ने ३० वर्षीय सन्जिव गुरूङलाई प्रहरीले पक्राउ गरेको छ ।
गुरूङले दुबई पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट नगद १९ लाख ७० हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले गुरुङलाई तार्केश्वर नगरपालिका–१० मनमैजु हिलेटोलबाट पक्राउ गरेको हो ।
पक्राउ परेका गुरुङलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जानकारी दिएको छ ।


