प्रतिकात्मक तस्बिर
गोरखा । प्रहरीले नवलपुर र तनहुँबाट लागु औषध सहित ३ जनालाई पक्राउ गरेको छ ।
नवलपुरको कावासोती नगरपालिका–१६ चालिसकिलोस्थित सडकबाट डाईजेपाम ३० एम्पुल, फेनरागन ३० एम्पुल र आईपिपिएल ३० एम्पुल सहित तनहुँ व्यास नगरपालिका–१ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई शुक्रबार दिउँसो पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले बुटवलबाट चितवनतर्फ जाँदै गरेको लु. २ ख २६२५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यतातनहुँको आबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित सडकबाट डाईजेपाम ४३ एम्पुल, फेनारगन ४४ एम्पुल र बुप्रेनोर्फिन ४४ एम्पुल सहित लमजुङ बेशिसहर नगरपालिका–७ बस्ने २७ वर्षीय कैलाश खत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आबुखैरेनीतर्फ जाँदै गरेको क. प्र. ०२–००१ ख ०२१९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार खत्रीलाई उक्त लागूऔषध सहित पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेकाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।




















