काठमाडाैं । यसै बर्षकाे दशै अगाडी आएको बाढी पहिराेबाट क्षतिग्रस्त बीपी राजमार्ग पुनःनिर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को प्राविधिक टोलीले स्थलगत अवलोकन शुरू गरेको छ ।
याे सहित २ पटक अवलोकन–निरीक्षण गरेको जाइकाको टोलीले प्रतिवेदनसहित आउँदो डिसेम्बरको पहिलो हप्तासम्म पुन:निर्माणकाे बारेमा निर्णय दिने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएकाे छ ।
बीपी राजमार्गको पुनः निर्माणको लागि सरकार जाइकाको निर्णयको पर्खाइमा रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गएको असोज ३० गते नेपालका लागि जापानका राजदूत किकुता युताकासँग भेट गरी बीपी राजमार्ग पुनःनिर्माणबारे छलफल गरेका थिए ।
बीपी राजमार्गअन्तर्गत बाढीले बगाएको सडक पुनःनिर्माण गर्न ७ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरीएकाे छ । काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको वर्षेखोलासम्मको सडक खण्ड क्षतिग्रस्त छ ।


