एजेन्सी । पाकिस्तानको बलुचिस्तान प्रान्तमा रहेको क्वेटा शहरको रेलवे स्टेसनमा विस्फोट हुँदा कम्तीमा २१ जनाको ज्यान गएको छ । साेही घटनामा ४६ जना भन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ ।
बिस्फाेटनमा परी ज्यान गुमाउने र घाइतेको सङ्ख्या अझै बढ्न सक्ने खबरमा उल्लेख गरीएकाे छ ।
यात्रुहरूले रेल पर्खिरहेका बेला रेलवे स्टेसनमा विस्फोट भएको पाकिस्तानी प्रहरी प्रमुख मुहम्मद बलोचले बताए । रेलवे स्टेसनमा विस्फोट हुनुको कारण भने खुल्न सकेको छैन ।


