काठमाडाैं । आज देशका केही स्थानमा छिटपुट बर्षाकाे सम्भावना रहेकाे छ । आज पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकाे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
कोशी प्रदेशलगायत देशको पहाडी क्षेत्रमा आज बिहानैदेखी मौसम आंशिक बदली छ । बिहान कोशीका केही स्थानमा छिटपुट पानी परेको थियाे ।
यस्तैगरी, आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिंम प्रदेशका पहाडी भेगका केही स्थानमा मेघगर्जन/चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आजै राति पहाडी क्षेत्रमा मौसम आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ ।


