पोखरा । पोखराकाे शान्तिस्तुपामा आज भएकाे बस दुर्घटनामा परी २ जना सामान्य घाइते भएका छन् । शैक्षिक भ्रमणमा आएकाे बस दिउँसो साढे १२ बजे दुर्घटनामा परेकाे हाे ।
पुम्दीकोटबाट छोरेपाटनतर्फ आउँदै गरेको नव युग डान्स क्लव दाङबाट भ्रमणको लागि आएको रा १ ख २१०६ नं को मिनी बस दुर्घटना भएको कास्की प्रहरीले जनाएकाे छ । बस सडक छेउमा रहेको तिदुको रुखमा अड्किएको छ ।
दुर्घटनामा परि दाङ तुल्सीपुर उपमहानगरपालिकाका १७ वर्षीया सन्ध्या रसाईली र १९ वर्षीया मनिषा रसाईली घाइते भएका हुन् । घाइतेलाई उपचारको लागि नमस्ते अस्पताल बिरौटामा भइरहेकाे छ । बसमा ७ जना महिला र १७ जना पुरुष गरी २४ जना सवार थिए ।


