प्रतिकात्मक तस्बिर
गाेरखा । नेपाल प्रहरीले तिहारमा जुवा खेलेकाे आराेपमा ९ जिल्लाबा६ १२९ जनालाई पक्राउ गरेकाे जनाएकाे छ । पक्राउ परेकाहरुबाट प्रहरीले करिब २३ लाख रुपैयाँ समेत बरामद गरेकाे छ ।
नेपाल प्रहरीकाे प्रधान कार्यालय नक्सालले दिएकाे विवरण अनुसार पक्राउ परेका १२९ जनाबा६ कुल २२ लाख ४५ हजार ६१८ रुपैयाँ बरामद गरेकाे जानकारी दिएकाे हाे ।
पक्राउ पर्ने मघ्य काठमाडाैंबाट २० जना, नुवाकाेटबाट ५ जना, मुस्ताङबाट १२ जना र पाँचथरबाट ३ जनालाई प्रहरीले जुवा खेलेकाे आराेपमा पक्राउ गरेकाे जनाएकाे छ ।
त्यस्तैगरी, बाँकेमा १४ जना, नवलपुरमा ९ जना, कैलालीमा २८ जना, कञ्चनपुरमा ३० जना र बर्दियाबाट ८ जना गरी कुल १२९ जना पक्राउ परेकाे प्रहरीले जनाएकाे छ ।
पक्राउ परेका सबैलाई मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान भईरहेकाे जनाएकाे छ ।



