काठमाडाैं । आज देशभरका धेरै ठाउँको मौसम सफा रहने छ । पश्चिमी र स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ । अरु ठाउँको मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
केही दिनदेखि न्यूनतम तापक्रम घट्न थालेको छ । यससँगै चिसो बढ्दै गएको छ ।
आज काठमाण्डौमा अधिकतम तापक्रम २४ देखि २६ डिग्री सेल्सियससम्म पुग्ने अनुमान रहेको महाशाखा गरेको छ ।


