प्रतिकात्मक तस्बिर
नवलपुर । नवलपुरकाे कावासोती नगरपालिका–७ मा हिजाे दिउँसो गैँडाको आक्रमणमा परी १ जनाको ज्यान गएको छ ।
कृष्णसार सामुदायिक वनमा गाई–गोरु चराउने क्रममा स्थानीय बोटे टोलका ६५ वर्षीय सुकबहादुर बोटेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको हाे ।
गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका बोटेलाई स्थानीयवासीले उपचारका लागि अस्पताल भर्ना गरेका थिए । उनको उपचारका क्रममा ज्यान गएको प्रहरीले जानकारी दिएकाे छ ।


