एजेन्सी । भारतको उत्तराखण्ड राज्यमा पर्ने अल्मोडामा एक यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा ३ दर्जन यात्रुले ज्यान गुमाएका छन् । तिब्रगतीमा रहेकाे उक्त बस अनियन्त्रित भएर सडकबाट भिरमा खसेको बीबीसी हिन्दीले जनाएको छ ।
दुर्घटनमा परी अहिलेसम्म ३६ जनाको ज्यान गएकाे भारतीय सञ्चार माघ्यमहरुले जनाएकाे छ । साेही दुर्घटनामा परी अन्य १५ जना घाइते भएका स्थानीय प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चालकले बसकाे नियन्त्रण गुमाएपछि भिरबाट खसेको थियो ।


