पोखरा । पोखरामा आज दिउसाे असिना पानी परेको छ । कात्तिकमा अन्नबाली थन्क्याउन लागेका किसारलाई असिना पानीले क्षती पुर्याएकाे छ । हावाहुरी सहित आएकाे असिना पानीले किसानकाे अन्नबालीमा क्षती पुर्याएकाे हाे ।
दिउसाे पख आएकाे हावाहुरी सहितकाे असिनापानी पोखरा महानगरपालिका-२६ का किसानहरुले काटेर राखेकाे धान खेतीमा क्षती पुर्याएकाे छ । पानीका कारण धान ढलेर खेतमा उम्रिने वा राम्राे संग सुक्न नपाएकाे खण्डमा हकुवा हुने एक किसानले बताए ।
यती बेला पोखरामा झिनुवा र जेठोबुढो धान बाहेका सबै धान पाकेको छ । धान पाकेसंगै किसानहरु दैनिक जसाे धानबाली भित्राउन ब्यस्त भइरहेका छन् ।



