साँकेतिक तस्बिर
मुस्ताङ । मुस्ताङमा करिब ९ लाख नगदसहित १२ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेका छन् ।
आइतबार राति घरपझोङ गाउँपालिका-२ मार्फास्थित फिरोज लालचनको माउन्ट भिल्ला एण्ड रेष्टुरेन्टबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिइएको हाे ।
प्रहरीले उनीहरूको साथबाट ८ लाख ५२ हजार ८०० नगदसहित ८ बुक तास बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।
काे काे पक्राउ परे त ?
१. जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका-२ मार्फा बस्ने वर्ष ५० का सुरज लालचन
२. साेही ठाउँ बस्ने वर्ष ५६ का राजु लालचन ।
३. साेही ठाउँ बस्ने वर्ष ५० का जेम्स हिराचन ।
४. साेही ठाउँ बस्ने वर्ष ५३ का गुन्ज हिराचन ।
५. साेही ठाउँ बस्ने वर्ष ६० का दल बहादुर हिराचन ।
६. साेही ठाउँ बस्ने वर्ष ५० का विश्वलालचन ।
७. साेही ठाउँ बस्ने वर्ष ३८ का समिर ज्वारचन ।
८. साेही ठाउँ बस्ने वर्ष ५० का कविन ज्वारचन ।
९. साेही ठाउँ बस्ने वर्ष ६५ का याम प्रसाद मगर ।
१0. साेही ठाउँ बस्ने वर्ष ४० का सन्तोष लालचन ।
११. जिल्ला कास्की पोखरा महानगरपालिका-९ स्थायी घर भई हाल जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका-२ बस्ने वर्ष ६० का कमल हिराचन ।
१२. जिल्ला कास्की पोखरा महानगरपालिका-९ स्थायी घर भई हाल जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका-२ बस्ने वर्ष ५९ का आईत ज्वारचन ।



