एजेन्सी । बङ्गलादेशमा डेङ्गीका कारण एकैदिन १० जनाको ज्यान गएको छ । यो वर्ष डेङ्गीका कारण एकै दिनमा ज्यान गुमाउनेको सङ्ख्या यो सबैभन्दा धेरै भएकाे बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ । ।
योसँगै सङ्क्रमित भएर ज्यान गुमाउनेको सङ्ख्या ३१० जना पुगेको महानिर्देशनालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ३४८ जना सङ्क्रमित फेला परेकाे समाचार संस्था एएफपीले जनाएकाे गरेको छ । यो वर्ष सङ्क्रमित हुनेको सङ्ख्या ६३ हजार १६५ जना पुगेको बङ्गलादेशको सरकारी तथ्याङ्कले देखाएको छ ।
डेङ्गीको बढ्दो सङ्ख्यासँग जुध्न बङ्गलादेशी स्वास्थ्य अधिकारीले लामखुट्टेको प्रजनन रोक्न र लार्भा विरोधी अभियान सञ्चालन गर्न उपाय चालेको बताएका छन् ।


