काठमाडाैं । आज देशका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
देशका उच्च पहाडी तथा हिमाली थोरै ठाउँमा हल्का हिमपातका साथै कतै –कतै हल्का वर्षाको सम्भावना छ । हिजो बागमती र कोशी प्रदेशका केही पहाडी क्षेत्रमा हल्का वर्षा भएको थियो ।
भोलिदेखि मौसममा क्रमिकरुपमा सुधार हुँदै जाने महाशाखाले जनाएकाे छ । यसैबीच देशैभर चिसो बढ्न थालेको छ । यसैहप्तादेखि चिसो थप बढ्ने महाशाखाले जनाएकाे छ ।




















