अर्घाखाँची । जिल्लाकाे सन्धिखर्क नगरपालिका –११ डिभर्नामा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ ।
सन्धिखर्क नगरपालिका–११ को ढुङ्गे देउरालीमा हिजो एच.आर. ५५ एयु ८७९३ नम्बरको कार दुर्घटना हुँदा मालारानी गाउँपालिका–७ टिमुरेका २६ वर्षीय चालक नवीन नेपालीको ज्यान गएको हाे ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरिक्षक चक्रबहादुर मल्लका अनुसार भारतको दिल्लीमा गाडी चलाउने काम गर्ने नवीन तिहार मनाउन घरमा आएका बेला दुर्घटनामा परेकाे हाे ।


