काठमाडाैं । आज देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे छ ।
आज कोशी प्रदेशको पहाडी भागका १-२ स्थान तथा तराईका केही भाग, बाग्मती र गण्डकी प्रदेशका पहाडी केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे जल तथा मौसम पूर्वानुमान महाशाखाकाले जनाएकाे हाे ।
देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका १-२ स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


