काठमाडाैं । आज देशका केही ठाउँमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि भाइटीकाको दिन पनि थप बदली र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे छ ।
भोलि कोशी प्रदेशको पहाडी भागका १-२ स्थानमा तथा तराईका केही भाग, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
आज काठमाडाैं उपत्यकामा पनि मौसम बदली भएको छ । देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव देखिएकाे महाशाखाले जनाएकाे छ । आज र भोलि उच्च पहाडी तथा हिमाली क्षेत्रका १-२ ठाउँमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैबीच देशैभर चिसो बढ्न थालेको छ । यसैहप्तादेखि चिसो थप बढ्ने महाशाखाले जनाएकाे छ । नोभेम्बर ९ तारिख अर्थात कार्तिक २४ गतेपछि ३ डिग्री सेल्सियससम्म तापक्रम घटेर चिसो बढ्न सक्ने महाशाखाले अनुमान गरेकाे छ ।
चिसोका कारण दम, रुघाखोकी, ज्वरोलगायतका समस्या हुने भएकाले आवश्यक सतर्कता अपनाउन सुझाव दिएकाे छ ।


