काठमाडाैं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटेको छ । निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको हो ।
अब काठमाण्डौ, पोखरा र दिपायलमा डिजेल र मट्टितेल प्रतिलिटर १५० रुपैयाँ कायम भएको छ । सुर्खेत र दाङमा १४९ रुपैयाँ र बाँकी क्षेत्रमा १४७ रुपैयाँ ५० पैसा कायम भएको छ ।
निगमले पेट्रोलको मूल्यमा कुनै परिवर्तन गरेको छैन । आयल निगमले हरेक १५ तारिख र महिनाको अन्तिम दिन मूल्य समायोजन गर्दै आएको छ ।


