प्रतिकात्मक तस्बिर
काठमाडाैं । आज भक्तपुरको चाँगुनारायण नगरपालिकाको तलकोटबाट यात्रु बोकेर आएको यात्रुवाहक बस खरिपाटीस्थित घुमाउनेमा दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् । घाइते मघ्य २ जनाकाे अवस्था गंभिर रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।
नगरपालिका कार्यालयसँगै घुमाउनेमा तीव्र गतिमा आएको प्रदेश–३–०१–००६ ख ०३१२ नं.को बस मंगलवार अनियन्त्रित भई सडकको खम्बामा ठोक्किएर दुर्घटना हुँदा १० जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी परिसरका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक प्रदीप खत्रीले जानकारी दिए । घाइतेहरुको भक्तपुर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।
बस खम्बामा ठोक्किएर दुर्घटना हुँदा विद्युत्को खम्बासमेत भाँचिएको छ ।


