अर्घाखाँची । जिल्लाकाे सन्धिखर्कमा प्रसादका रूपमा मासु खाएका मघ्य३५ जना बिरामी परेका छन् । सन्धिखर्क नगरपालिका–१ काे तारामार्ग निवासी दीपक केसीकाे आइतबार देउराली पूजामा प्रसादका रुपमा मासु खाएका मघ्य अहिलेसम्म ३५ जना बिरामी परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले प्रसादका रूपमा मासु खाएर बिरामी हुनेको सङ्ख्या ३५ पुगेको बताए । उनका अनुसार साेमबार बिहान थप ७ जना उपचारका लागि अर्घाखाँची अस्पतालमा पुगेका छन् ।
बिरामीहरूमा झाडापखाला, बान्ता, ज्वरो, शरीर दुख्ने लक्षण देखिएको अर्घाखाची अस्पतालले जानकारी दिएकाे छ । बिरामीहरू सबैको अवस्था सामान्य रहेकाे पनि अस्पताल प्रशासनले जनाएकाे छ । चिकित्सकहरुका अनुसार ‘फुड प्वाइजन’का कारण उनीहरु बिरामी परेको हुन् ।


