काठमाडाैं । आज भएकाे दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनशिप फुटबलकाे पहिलाे सेमिफाइनल खेलमा भुटानलाई हराउँदै साविक विजेता बङ्गलादेश फाइनलमा पुगेको छ ।
राजधानीकाे दशरथ रङ्गशालमा भएको सेमिफाइनलमा बङ्गलादेशले भुटानलाई ७–१ गोलले हराउदै जित निकालेकाे हाे ।
खेलमा बङ्गलादेशकी तोहुरा खातुनले ह्याट्रिक गरिन् । त्यस्तै सबिना खातुनले २ तथा रितु पोरन चक्मा र मसुर प्रभीनले समान १-१ गोल गरे ।
भुटानकी देकी ल्हजोमले १ गोल फर्काइन् । बङ्गलादेश समूह ‘ए’ को विजेता र भुटान समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।
साफ महिला च्याम्पियनशिपको दोस्रो सेमिफाइनलमा अहिले बेलुकी ६:३० बजे नेपाल र भारत बिच खेल हुदै छ ।
नेपाल समूह ‘बी’ को विजेता बन्दै र भारत समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । प्रतियोगिताको फाइनल खेल आउँदो बुधवार हुनेछ ।



