प्रतीकात्मक तस्बिर
कावासाेती । नवलपरासी बर्दघाट सुस्तापूर्वमा जङ्गली च्याउको तरकारी खाँदा एकै घरका ५ जना बिरामी परेका छन् । जङ्गली च्याउको तरकारी खाँदा देवचुली नगरपालिका–२ दुम्कौलीका एकै घरका ५ जना बिरामी परेका हुन् ।
गएराति धनमाया राजवंशीले जङ्गलबाट टिपेर ल्याएको च्याउको तरकारी पकाएर खाएका उनीहरुमा बान्ता हुने, रिङ्गाटा लाग्ने जस्ता लक्षण देखिएको नवलपुर प्रहरीले जनाएकाे छ ।
च्याउ खाँदा बाबुलाल राजवंशी, रनमाया राजवंशी, धनमाया राजवंशी, मदन राजवंशी र रिदिमा राजवंशी बिरामी भएको प्रहरीले जानकारी दिएको छ । बिरामी परेका सबैको चितवनको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।



