काठमाडाैं । आज कोशी र मधेस प्रदेशसहित देशका पहाडी भागमा मौसम बदली भएको छ । मौसम आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशभर स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रकोसमेत प्रभाव रहेको महाशाखाले जारी गरेकाे बुलेटीनमा भनिएकाे छ ।
आज दिउँसो कोशी र बाग्मती प्रदेशलगायत देशका भागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ ।
देशका पहाडी भेगका १/२ स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको शाखाले जनाएकाे छ ।




















