काठमाडाैं । साफ महिला च्याम्पियनसिपमा आज नेपाल र भारतकाे खेल हुदै छ । फाइनलमा पुग्ने लक्ष्य सहित घरेलु टोली नेपालले आज भारतसँग खेल्दै छ ।
राजधानीकाे दशरथ रङ्गशालामा हुने खेल आज बेलुका ६:३० बजे शुरु हुनेछ । नेपाली महिला टोलीले साफ च्याम्पियनसिपको सेमिफाइनलमा लगातार दोस्रोपल्ट भारतसँग खेल्न लागेको हो ।
२ वर्षअघि दशरथ रङ्गशालामै भएको सेमिफाइनलमा नेपालले भारतलाई १–० ले हराएर फाइनलमा पुगेको थियो । साफ च्याम्पियनसिपमा नेपालले भारतलाई हराएको पहिलो पटक थियो ।
नेपाल र भारत बाहेक पनि आजै बङ्गलादेश र भुटानले सेमिफाइनल खेल्न लागेकाे छ । बङ्गलादेश र भुटान बिचकाे खेल दिउँसो १:३० बजे सुरु हुने छ।
अघिल्लो संस्करणमा बङ्गलादेशले घरेलु टोली नेपाललाई ३–१ गोलले हराएर उपाधि जितेको थियो ।
तस्बिर : एन्फा



