प्रतिकात्मक तस्बिर
काठमाडाैं । देशभर डेङ्गी संक्रमितको सङ्ख्या २७ हजार माथि पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले दिएकाे तथ्याङ्कअनुसार देशभर २७ हजार १५३ जनामा डेङ्गी पुष्टि भएको हो ।
हालसम्म डेङ्गीबाट ११ जनाको ज्यान गइसकेको छ । ७६ जिल्लामा फैलिएकाे डेङ्गी सबैभन्दा धेरै कास्कीमा ७ हजार ८० जनामा संक्रमण पुष्टि भएको छ ।
काठमाडाैंमा ४ हजार ६० जनामा संक्रमण, ललितपुरमा १ हजार ५७ र भक्तपुरमा ६२८ जना गरी उपत्यकामा ५ हजार ७४५ जनामा संक्रमण पुष्टि भएको छ ।


